नेपाल पुनर्बीमाले १ अर्ब ६० करोड बराबरको साधारण सेयर बिक्री गर्ने

काठमाडौं, २५ फागुन । नेपाल पुनर्बीमा कम्पनीले आगामी चैत ४ गतदेखि १ अर्ब ६० करोड रुपैयाँ बराबरको साधारण सेयर बिक्री गर्ने तयारी गरेको छ ।

कम्पनीका अनुसार प्रतिकित्ता १ सय रुपैयाँको दरमा कूल १ करोड ६० लाख कित्ता साधारण सेर बिक्री गर्न लागेको हो । बिक्री गर्न लागिएको सेयरमध्ये ७३ हजार ५ सय कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ भने ८ लाख कित्ता साधारण सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।

उक्त साधारण सेयर बढीमा चैत ७ गतेसम्म रहनेछ । कम्पनीको बिक्री प्रबन्धकमा आरबिबी मर्चेन्ट बैंकिङ रहेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *