Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

कोरोनाको प्रभावले अमेरिकी डलरको मूल्य पनि बढ्दै

कोरोनाको प्रभावले अमेरिकी डलरको मूल्य पनि बढ्दै

काठमाडौं, २५ फागुन । पछिल्लो केही दिन यता अमेरिकी डलरको मूल्य दिनप्रतिदिन बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकले आइतबार एक अमेरिकी डलरको खरिददर १ सय १७ रुपैयाँ ७२ पैसा निर्धारण गरेको छ । बिक्रीदर १ सय १८ रुपैयाँ ३२ पैसा निर्धारण गरेको छ ।

यसअघि सन् २०१८ को अक्टोबर महिनामा अमेरिकी डलरको भाउ १ सय १८ रुपैयाँ ७३ पैसा पुगेको थियो ।

छिमेकी मुलुक चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएसँगै विश्व अर्थतन्त्र नै प्रभावित हुन थालेको छ । त्यसले गर्दा लगानीकर्ताहरु अमेरिकी डलर सञ्चय गर्नतर्फ लागेकाले मूल्य बढेको जानकार बताउछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x