Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

साग्रिला डेभलपमेन्ट बैंकको जनजागरण मा.वि.मा सचेतना कार्यक्रम

साग्रिला डेभलपमेन्ट बैंकको जनजागरण मा.वि.मा सचेतना कार्यक्रम

काठमाडौं, २५ फागुन । साग्रिला डेभलपमेन्ट बैंक लिमिटेड गल्छी शाखाले जनजागरण मा.वि.मा कोरोना भाइरस सम्बन्धी सचेतना कार्यक्रम गरेको छ । विश्वव्यापी रुपमा फैलिएको उक्त भाइरसबाट बाँच्न बैंकले धादिङको गल्छी स्थित उक्त मा.वि.को प्राङ्गणमा कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरुमा सचेतना कार्यक्रम गरेको हो ।

बैंकले स्वास्थ्य चौकीको प्राविधीक सहयोगमा कोरोना भाइरसको सङक्रमणबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा सचेतना कार्यक्रम गरेको थियो । कार्यक्रममा बैंकका गल्छी शाखा प्रमुख गौरब काफ्लेले कोरोना भाइरसबाट आफु पनि बचौ र अरुलाई पनि बचाऔ भन्दै सरसफाईमा ध्यान दिन आग्रह गरे । त्यस्तै भाइरसबाट जोगिन मास्क लगाउने, हातलाई सावुन पानीले धुने, भिडभाडमा नजाने जस्ता उपाहरु पनि उनले सिकाएका थिए ।

त्यस्तै स्वास्थ्यकर्मी रेखा अधिकारी र रन्जना रिमालले कोरेना भाइरसको सङक्रमणबाट बच्न घरमा आफ्नो परिवार छ छिमेकीलाई आफुले सिकेका कुराहरु सुनाउँन विद्यार्थीहरुलाई सुझाए । त्यस्तै विद्यालय ब्यवस्थापन समितिका अध्यक्षसमेत रहेका गल्छी गाउँपालिका वडा न. ४ का वडा अध्यक्ष राजु अधिकारीले यस्ता सचेतनामूलक कार्यक्रमले विश्वब्यापी रुपमा फैलिरहेको कोरेना भाइरसबाट त्रसित विद्यार्थीमा उब्जने शंका हटेर जाने बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x