Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

गरिमा विकास बैंकले १३.१७ प्रतिशतले बढायो खुद मुनाफा

गरिमा विकास बैंकले १३.१७ प्रतिशतले बढायो खुद मुनाफा

काठमाडौं, ८ माघ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा गरिमा विकास बैंकले १८ करोड ६५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको समिक्षा अवधिको तुलनामा बैंकले खुद मुनाफा आर्जनमा १३.१७ प्रतिशतले वृद्धि गरेको छ । बैंकले गत आर्थिक वर्षको दोस्रो त्रैमासिकमा १५ करोड ९५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

बैंकको हाल चुक्ता पुँजी २ अर्ब ५३ करोड रुपैयाँ रहेको छ । चुक्ता पुँजी वृद्धि गरेको तुलनामा बैंकले खुद मुनाफा आर्जन गर्न नसक्दा प्रति शेयर आम्दामीमा गिरावट आएको छ । समिक्षा अवधिमा बैंकको वार्षिक प्रति शेयर मुल्य आम्दामी १४.२५ रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको समिक्षा अवधिमा बैंकको प्रति शेयर मुल्य आम्दामी २९.५३ रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा बैंकको निक्षेप संकलन १ अर्ब ७४ करोड रुपैयाँ र कर्जा प्रवाह १ अर्ब ३३ करोड रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x