Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

मञ्जुश्री फाइनान्सको खुद मुनाफामा वृद्धि

मञ्जुश्री फाइनान्सको खुद मुनाफामा वृद्धि

काठमाडौं, ८ माघ । मञ्चुश्री फाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरण अनुसार फाइनान्सको खुद मुनाफा आर्जनमा वृद्धि गरेको छ ।

समिक्षा अवधिमा फाइनान्सले ४ करोड १४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको समिक्षा अवधिमा खुद मुनाफा २ करोड ३७ लाख रुपैयाँ रहेको थियो । समिक्षा अवधिमा फाइनान्सले ४ अर्ब ८३ करोड रुपैयाँ निक्षेप संकलन गरि ४ अर्ब ३० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । फाइनान्सले गत आर्थिक वर्षको समिक्षा अवधिको तुलनामा चालु आर्थिक वर्षको समिक्षा अवधिमा निक्षेप संकलन र कर्जा प्रवाहमा उल्लेख्य सुधार गरेको छ ।

फाइनान्सको हाल चुक्ता पुँजी ७२ करोड ४३ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा फाइनान्सको चुक्ता पुँजी २८ करोड ५७ लाख रुपैयाँ रहेको थियो । सार्वजनिक वित्तीय विवरण अनुसार फाइनान्सको प्रति शेयर आम्दामी ११.४३ रुपैयाँ रहेको छ । गत वर्षको समिक्षा अवधिमा फाइनान्सको प्रति शेयर आम्दामी १६.६० रुपैयाँ रहेको छ । चुक्ता पुँजीमा आएको वृद्धिको कारण फाइनान्सको प्रति शेयर आम्दामीमा संकुचन आएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x