Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

कतार एयरवेजको बुकिङ निःशुल्क सार्न मिल्ने , जुन ३० सम्मको टिकटमा यो वर्षभरी यात्रा गर्न मिल्ने

कतार एयरवेजको बुकिङ निःशुल्क सार्न मिल्ने , जुन ३० सम्मको टिकटमा यो वर्षभरी यात्रा गर्न मिल्ने

काठमाडौं, २९ फागुन । कतार एयरवेजले टिकट बुकिङ गरेका र बुकिङ गर्ने क्रममा रहेका सबैलाई आफ्नो ट्राभल प्लानमा परिवर्तन गर्न अधिकतम लचकता अपनाउने भएको छ । कतार एयरवेजले विज्ञप्ति जारी गरेर यस वर्ष जुन ३० सम्म बुकिङ भैसकेका र बुकिङ हुने टिकट सार्न कुनै पनि शुल्क लाग्ने छैन ।

अहिले बुक गरेको या लिएको टिकट यो वर्षको अन्तिमसम्म पनि प्रयोग गर्न सकिनेछ । तर यात्रा गर्नु कम्तीमा तीन दिन अघि भने आफ्नो यात्राको परिवर्तित समयका बारेमा एयरलाइन्सलाई जानकारी गराउनुपर्नेछ । कतार एयरवेजका कार्यकारी प्रमुख अकबर अल बकरले यसलाई अधिकतम लचकता भनेका छन् । कतार एयरवेजले विश्वका १६० गन्तव्यमा उडान भर्दै आइरहेको छ ।

कतारमा समेत कोरोना भाइरसको संक्रमण देखिएपछि अहिले कतारले नेपालसहित १४ मुलुकलाई कतार भित्रन प्रतिबन्ध लगाएको छ । कतार एयरवेजको यो व्यवस्थाले कतारमा काम गर्ने नेपालीले टिकट लिएको भए निःशुल्क यो वर्षको अन्त्यसम्म कुनै पनि मितिमा प्रयोग गर्न सक्छन् । विश्वभर महामारी बनेको कोरोना भाइरस संक्रमणका कारण धेरै यात्रुहरुको यात्रा योजना परिवर्तन भएको छ । यसैलाई दृष्टिगत गरी कतार एयरवेजले टिकट सार्न मिल्ने अधिकतम लचकता योजना ल्याएको जनाएको छ ।

कतार एयरवेजले आफ्ना जहाज, त्यसमा प्रयोग गरिने सामान तथा खानेकुरालाई भाइरसमुक्त गर्न सबै कदम चालेको छ । कतार एयरवेजका जहाज र यसमा प्रयोग हुने सबै कुरा डिस्इन्फेक्टेड गरेर प्रयोग गरिएकाले निश्चिन्त भएर यात्रा गर्न कतार एयरवेजका प्रमुख कार्यकारी बकरले आग्रह गरेका छन् । ‘हामीले विश्व स्वास्थ्य संगठन र अन्तर्राष्ट्रिय हवाइ उडान संगठनले तोकेका स्वास्थ्य सुरक्षा सबै मापदण्ड पुरा गरेका छौं ।’ उनले आफ्नो चालक दल र यात्रुको सुरक्षा, स्वास्थ्य र समयको महत्वलाई ध्यान दिएर सेवा प्रदान गरिरहेको बताएक छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x