Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

लघुवित्तका अध्यक्षहरूद्वारा छुटै संघ स्थापना, अध्यक्षमा पोखरेल

लघुवित्तका अध्यक्षहरूद्वारा छुटै संघ स्थापना, अध्यक्षमा पोखरेल

काठमाडौं, ३० फागुन । लघुवित्त वित्तीय संस्थाका अध्यक्षहरूले संघ स्थापना गरेका छन् । लघुवित्तको कामकारबाहीलाई थप सशक्त र बलियो बनाउन भन्दै लघुवित्त संघ, नेपाल स्थापना गरिएको हो ।

संघको अध्यक्षमा चौतारी लघुवित्त वित्तीय संस्थाका अध्यक्ष जगत बहादुर पोखरेल चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा माणीक रत्न शाक्य र भगवती चौधरी, महासचिवमा बाबुराम बिश्वकर्मा, सचिवमा अनन्त कुमार श्रेष्ठ, कोषाध्यक्षमा नरेश केसी चयन भएका हुन् ।

त्यस्तै आज आयोजित संघ घोषणा कार्यक्रममा अध्यक्ष पोखरेलले यो संस्थाको मुख्य उद्देश्य लगानीकर्ताको लगानीलाई सुरक्षा दिनु रहेको बताए । लघुवित्तका क्षेत्रमा उठेका प्रश्नको बारेमा समाधान खोज्न पनि संघ स्थापना आवश्यक भएको उनको भनाई छ ।

त्यस्तै, संघकी उपाध्यक्ष चौधरीले लघुवित्तले गरेका कामलाई उजागर गर्न र मर्जर तथा एक्विजिसनमा जान सबैका धारणालाई एक रूपमा दिन पनि संघ स्थापना गरिएको बताइन ।

हाल ९० वटा लघुवित्त संचालनमा रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x