बैंक अफ काठमाण्डूको बीमा सुविधा सहितको ‘बिओके सफलता मुद्दती खाता’ सार्वजनिक
काठमाडौं, ३० फागुन । बैंक अफ काठमाण्डूले ‘बिओके सफलता मुद्दती खाता’ योजना ल्याएको छ ।
‘सफलता मुद्दती खाताबाटै पूर्ण सुरक्षा’ भन्ने मुलनाराका साथ सार्वजनिक गरिएको उक्त खातामा ग्राहकहरुले ११ लाख रुपैयाँ सम्मको बीमा सुबिधा सहित वार्षिक ९.७५ प्रतिशत ब्याजदरको सुविधा पाउने बैंकले जनाएको छ ।
मुद्दती खाता २५ हजार देख नै खोल्न सकिने जनाइएको छ।
बीमा सुबिधा अन्र्तगत दुर्घटनाबाट मृत्यु वा पूर्ण अशक्तताका भए ५ लाख रुपैयाँ, १८ घातक रोगहरु लागेको खण्डमा ५ लाख रुपैयाँ तथा औषधी उपचारको लागि १ लाख रुपैयाँको बीमा सुबिधा अन्र्तगत बहिरंगको लागि २० हजार तथा अस्पताल भर्ना भई उपचार गर्दा ८० हजार रुपैयाँ सम्मको बीमा सुबिधाको उपयोग गर्न सकिने बैंकद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।