सुनको मूल्य प्रतितोला ७८ हजार ५ सयमा झर्यो

काठमाडौं, ३० फागुन । शुक्रबार सुनको मूल्यमा भारी गिरावट आएको छ । बिहीबारको तुलनामा शुक्रबार छापावाला सुन प्रतितोला ३ हजार रुपैयाँले घटेर ७८ हजार ५ सय रुपैयाँमा झरेको छ ।

बिहीबार छापावाला सुन तोलाको ८१ हजार ५ सय रुपैयाँ थियो ।

यस्तै, तेजावी सुनको मूल्य पनि शुक्रबार ३ हजार रुपैयाँले नै घटेर ७८ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले घटेर ८ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदीको मूल्य ८ सय ६० रुपैयाँ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *