Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

पर्यटक भिसा र श्रम स्विकृती बन्द

पर्यटक भिसा र श्रम स्विकृती बन्द

काठमाडौं, ३० फागुन । नेपाल सरकारले कोरोनाको संक्रमण रोक्न पर्यटक भिसामा रोक लगाएको छ। बिहीबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले आगामी बैशाखा १८ गतेसम्मका लागि सबै विदेशी र गैरआवासीय नेपालीसमेतलाई प्रवेश विन्दुमा दिइने अनअराइभल भिसा बन्द गर्ने निर्णय गरेको हो।

स्थल मार्गबाट पनि विदेशी आउन नपाउने भएका छन् । नेपाल भित्रिनेले सेल्फ र होम क्वारेन्टाइनमा १४ दिन बस्नुपर्ने छ ।

त्यस्तै बैठकले तत्कालका लागि नेपालबाट विदेशमा काम गर्न जानेलाई श्रम स्वीकृति बन्द गरेको छ । समितिले अर्को सूचना जारी नभएसम्म श्रम स्वीकृति दिन बन्द गर्ने निर्णय गरेको हो । विदेश अध्ययन गर्न जाने विद्यार्थीलाई पनि नो अब्जेक्सन सर्टिफिकेट नदिने निर्णय भएको छ।

सगरमाथासहित सम्पूर्ण हिमाल आरोहण पनि तत्कालका लागि स्थगन गर्ने निर्णय भएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x