Date

आइत, बैशाख २८, २०८२
Sun, May 11, 2025

जिल्ला प्रशासन कार्यालय धनुषामा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालन

जिल्ला प्रशासन कार्यालय धनुषामा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालन

काठमाडौं, ३० फागुन । प्रभु बैंकले धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका वडा नं ०४ स्थित जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । धनुषास्थित जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन काउण्टरको आज प्रमुख जिल्ला अधिकृत प्रदिप राज कँडेलले उद्घाटन गरे ।

नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले धनुषा जिल्ला प्रशासन कार्यलयमा पनि आफ्नो सेवा विस्तार गर्न सफल भएको बैंकले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । एक्स्टेन्सन काउण्टरबाट जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुले रकम जम्मा गर्न र कार्यालयको काम गर्न सहज र सरल हुने बताइएको छ।

बैंकले हाल २ सय ८ वटा शाखा कार्यालय, १ सय ५८ वटा एटिएम, ४६ वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्फत सेवा दिदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *