Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

कोरोना भाइरस फैलाएकोमा अमेरिका–चीन आरोप प्रत्यारोप, नेपालले पर्वतारोहण बन्द गर्यो

कोरोना भाइरस फैलाएकोमा अमेरिका–चीन आरोप प्रत्यारोप, नेपालले पर्वतारोहण बन्द गर्यो

काठमाडौं, १ चैत । नोभेल कोरोना भाइरस फैलाएको आरोपमा अमेरिका र चीनबीच आरोप प्रत्यारोप चलेको छ । अमेरिकाले चीनले नोभेल कोरोना भाइरसको प्रकोप लुकाएका कारण नियन्त्रणमा कठिनाइ भएको आरोप लगाएको थियो । अमेरिकाले चीनले नोभेल कोरोना भाइरस चीनले जैविक हतियार बताएको आरोप समेत लगाएको थियो । चीनले महामारी ब्यहोरिरहेको समयमा अमेरिकाले सहयोग गर्नुका सट्टा अनर्गल प्रचार गरेको भन्दै आक्रोश व्यक्त गरेको थियो । कोरोना भाइरस अहिले विश्वका १०४ देशमा फैलिसकेको छ । जसका कारण लाखौं व्यक्तिहरु संक्रमित भएका छन् भने ५,००० मानिसहरुको मृत्यु भैसकेको छ ।
चीनले कोरोना भाइरसको महामारी व्यहोरिरहेको इटलीमा औषधी सहित एन्टिभाइरल टिम जहाज चार्टर गरी पठाएको छ । कोरोना भाइरसको महामारी व्यहोरेर उठेको चीनले अन्य देशहरुलाई सहयोग समेत गर्न थालिसकेको छ । उसले चीनमा कोरोना भाइरस नियन्त्रण भएको उल्लेख गरेको छ । अहिले चीनमा दैनिक नयाँ संक्रमण १० देखि १५ जनामा मात्र छ । चीनले कोरोना भाइरस नियन्त्रणमा आफ्नो अनुभव युरोपेली देशहरु तथा कोरोना भाइरसको संक्रमण व्यहोरिरहेका मुलुकहरुसँग बाँडिरहेको छ ।
यसैबीच अमेरिकाले भने कोरोना भाइरसको संक्रमणका कारण राष्ट्रिय आपत्काल घोषणा गरेको छ । यसअघि अमेरिकाले बेलायतबाहेक युरोपका सबै देशमा उडान कटौती गरिसकेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय आपत्काल घोषणा गरेका छन् ।
चीनले अमेरिकाले नोभेल कोरोना भाइरसको संक्रमण फैलाएको आरोप लगाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिजिआन झाओले वुहान पहिलोपटक कोरोना भाइरस पत्ता लागेको भए पनि चीनमा उत्पत्ति नभएको बताएका छन् । ‘यो चिनियाँ सामुद्रीक खानाबाट फैलिएको होइन,’ उनले भनेका छन्, ‘गत अक्टोबरमा वुहानमा विश्व सैनिक खेलकुद आयोजना गरिएको थियो । त्यहाँ अमेरिकी सेनाले यो भाइरस छाडेका हुन् ।’ उनले यो भाइरस चिनमा बायोइन्जिनियरिङ नभएको उल्लेख गरेका छन् । उनले चीनमा उत्पत्ति हुनुअघि कोरोना भाइरसको इन्फ्लुएन्जाले अमेरिकामा मानिसहरुको मृत्यु भएकोले अमेरिकालाई यसलाई पारदर्शीरुपमा प्रकाशमा ल्याउन आग्रह गरेका छन् ।
पर्वतारोहण बन्द
नेपालले पर्वतारोहण बन्द गरिएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिको निर्णय अनुसार नेपालले यस वर्ष मध्य जेठ (मेको अन्तिमसम्म) पर्वतारोहणको सबै अनुमति बन्द गरिएको पर्यटन विभागले जनाएको छ । यस वर्ष जारी भैसकेका पर्वतारोहण अनुमति पनि खारेज गरिएका छन् । खासगरी मार्चदेखि मेलाई पर्वतारोहणको मुख्य सिजन मानिन्छ । यस वर्ष १३ ओटा अनुमति जारी भएका छन् । नेपालले मार्च १२ मा पर्वतारोहण बन्द गर्नुअघि चीनले पनि तिब्बततर्फको उत्तरी भागबाट सगरमाथा आरोहण बन्द गरेको थियो । नेपालबाट गत वर्ष ६४४ जनाले सगरमाथा आरोहण गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x