Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

राहत प्याकेजका लागि आइएफसीसँग छलफल, चैतमा तिर्नुपर्ने कर असारमा सार्न महासंघको माग

राहत प्याकेजका लागि आइएफसीसँग छलफल, चैतमा तिर्नुपर्ने कर असारमा सार्न महासंघको माग

काठमाडौं, १ चैत । अर्थ मन्त्रालयले निजी क्षेत्रलाई राहत प्याकेजका लागि विश्व बैंक समूहको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)सँग छलफल अघि बढाएको छ । आइएफसीले कोरोना भाइरसका कारण संकटमा परेका उद्योग व्यवसाय जोगाउनका लागि विश्वव्यापी रुपमा ६ अर्ब अमेरिकी डलरको ऋण सहायता घोषणा गरेको छ । नेपालमा पर्यटन व्यवसाय कोरोनाका कारण प्रत्यक्ष रुपमा प्रभावित भैसकेको छ । पर्यटकको आवागमन घटेपछि होटल र एयरलाइन्स व्यवसायमा १० अर्ब रुपैयाँको क्षति भैसकेको अनुमान गरिएको छ ।

यसैबीच सरकारले निजी क्षेत्र संकटोन्मुख व्यवसाय बचाउन आइएफसीको ऋण परिचालनका सम्बन्धमा छलफल थालेको अर्थ मन्त्रालयले जनाएको छ । अर्थमन्त्री डा. युवराज खतिवडा र आइएफसीकी नेपाल, बंगलादेश र भुटानका लागि व्यवस्थापक वेन्डी वेर्नरको उपस्थितिमा सघन छलफल भएको हो ।

यसैबीच नेपाल उद्योग वाणिज्य महासंघले भने कोरोना भाइरसको कारण उद्योग व्यवसाय प्रभावित भएकाले सरकारले चैत मसान्तमा लिने कर असार मसान्तमा मात्र लिने व्यवस्थाका लागि आग्रह गरेको छ । महासंघले सरकारसँग यथाशक्य छिटो राहत प्याकेज ल्याउन पनि आग्रह गरेको छ । महासंघको चैत २८ र २९ मा हुने साधरणसभा स्थगित गर्ने या नगर्ने भन्ने सम्बन्धमा भने अब बस्ने कार्यकारिणी समितिले निर्णय लिने बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x