Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

महासंघको साधारणसभा स्थगित गरिने

महासंघको साधारणसभा स्थगित गरिने

काठमाडौं, २ चैत । कोरोना भाइरसका कारण सरकारले सभा सम्मेलन, भीडभाड नगर्न आग्रह गरेपछि नेपाल उद्योग वाणिज्य महासंघले चैतको २८ र २९ मा तोकेको चुनावी साधरणसभा सार्ने तयारी गरेको छ ।

यससम्बन्धि निर्णय अब बस्ने कार्यकारिणी समितिको बैठकले लिनेछ । साधरणसभाको नयाँ मिति तोक्ने सम्बन्धमा महासंघले गृहकार्य गरिरहेको एक पदाधिकारीले बताए । कोरोना भाइरसको संक्रमण विश्वव्यापी भएपछि एसईई परिक्षा सञ्चालन गर्ने या पछि सार्ने भन्ने विषयमा अहिले छलफल भैरहेको छ । यस वर्ष ४ लाख ८२ हजार दुई सय १९ परिक्षार्थी एसईईमा सहभागी हुँदैछन् । यीमध्ये १ लाख तीन हजार ६ सय ६७ बाग्मती प्रदेशका हुन् ।

एसईई यसै साता अर्थात् चैत ६ गतेदेखि शुरु हुने मिति तय भएको थियो । तर अहिले परिक्षा सञ्चालन गर्ने या पछि सार्ने भन्ने विषयमा बहस शुरु भएको छ । यतिबेला कोरोना भाइरसको संक्रमण नफैलेका नेपालसहित ४६ देश मात्र बाँकी छन् ।

परिक्षा मुखमै आइपुग्दा एसईईको सम्बन्धमा सरकारले निर्णय लिन नसक्दा विद्यार्थीहरु चिन्तित छन् । सरकारले आज–भोलिमै एसईईका सम्बन्धमा निर्णय लिइसक्ने बुझिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x