Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

आर्थिक संकटकाल घोषणा गर्न निजी क्षेत्रको माग

आर्थिक संकटकाल घोषणा गर्न निजी क्षेत्रको माग

काठमाडौं, ३ चैत । कोरोनाको त्रासले मुलुकको अर्थतन्त्र संकटतर्फ उन्मुख भएको भन्दै व्यवसायीले आर्थिक संकटकाल घोषणा गर्न माग गरेका छन्। निजी क्षेत्रको तीन वटा छाता संगठन उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघका पदाधिकारीहरुलाई सरकारसँग यस्तो आग्रह गरेका हुन ।

अर्थमन्त्री खतिवडासँगको छलफलमा परिसंघका अध्यक्ष शतिसकुमार मोरले बढी कोरोनाको त्रासले व्यवसायीहरु प्रताडित हुँदै गएको भन्दै सरकारले बढी प्रभावित उद्योगहरुको संरक्षणका लागि राहत प्याकेज ल्याउनुपर्ने बताए । त्यस्तै, महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले खाद्यान्न तथा अत्यावश्यक वस्तुको आयात र भण्डारण बढाउन माग गर्दै, प्रभावित व्यवसायलाई पुनरुत्थान गर्न र अर्थतन्त्रलाई चलायमान बनाउन संकटकाल घोषणा गर्नुपर्ने बताए ।

चेम्बरका बरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले सरकारले शीघ्र राहत तथा पुनरुत्थानका लागि सरकारले कदम चाल्नुपर्ने बताए । अप्ठ्यारोका बेला सरकारले अभिभावकको भूमिका निर्वाह गर्नुपर्नेमा उनले माग गरे ।

कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले भने सरकार कोरोनाले अर्थतन्त्रमा पार्ने प्रभावबारे अध्यनको सुरुवती चरणमै रहेकाले आवश्यक कदम चाल्ने जानकारी दिए ।

उनले निजी क्षेत्रका प्रतिनिधि संस्थालाई लिखित माग तथा सुझाव पेस गर्न आग्रह गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x