उद्योग वाणिज्य महासंघको साधारणसभा जेठ ७ र ८ गते हुने
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को ५४ औं साधारणसभा आगामी जेठ ७ र ८ गते हुने भएको छ । चैत २८ र २९ गते हुने भनिएको साधारणसभा बिहीबार बसेको कार्यसमिति बैंठकले कोरोना भाइरसको त्रासका कारण सार्ने निर्णय गरेको हो ।
सो साधारणसभाबाट वरिष्ठ उपाध्यक्षसहित अन्य पदाधिकारी निर्वाचित हुनेछन् । हालसम्म चन्द्र प्रसाद ढकाल र किशोर प्रधानले वरिष्ठ उपाध्यक्षका लागि उम्मेद्वारी घोषण गरेका छन् ।