सुन तोलाको दुई सय रुपैयाँले बढ्यो, चाँदीको मुल्य स्थिर

काठमाडौं, १० माघ । स्थानिय बजारमा बुधबार पहेँलो धातु सुनको मुल्य बढेको छ । हिजो मंगलबारको तुलनामा आज बुधबार स्थानिय बजारमा सुन प्रति तोला दुई सय रुपैयाँले बढेको छ । स्थानिय बजारमा आज बुधबार छापावाला सुन प्रति तोलाको मुल्य ५७ हजार दुई सय रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो मंगलबार छापावाला सुनको मुल्य प्रति तोला ५७ हजार रुपैयाँ रहेको थियो ।

यस्तै स्थानिय बजारमा तेजाबी सुनको प्रति तोला ५६ हजार नौ सय रुपैयाँमा कारोबार भएको छ । तर चाँदीको मुल्य भने बढेको छैन । स्थानिय बजारमा चाँदी प्रति तोला ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *