Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

मञ्जुश्री फाइनान्सले पायो ५ प्रतिशत हकप्रद शेयर निष्कासको अनुमति

मञ्जुश्री फाइनान्सले पायो ५ प्रतिशत हकप्रद शेयर निष्कासको अनुमति

काठमाडौं, १० माघ । नेपाल धितोपत्र बोर्डले मञ्जुश्री फाइनान्सलाई हकप्रद शेयर निष्कासनको लागि स्विकृति दिएको छ । फाइनान्सले १०० बराबर ५ कित्ता अर्थात ५ प्रतिशत हकप्रद शेयर निष्कासनको अनुमति पाएको हो ।

फाइनान्सले एक सय रुपैयाँ अंकित मुल्य भएको ३ करोड ६२ लाख १९ हजार रुपैयाँ बराबरको ३ लाख ६२ हजार १९० कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ । हकप्रद शेयर निष्कासन पछि फाइनान्सको चुक्ता पुँजी ७६ करोड ५ लाख रुपैयाँ पुग्ने छ । फाइनान्सको हाल चुक्ता पुँजी ७२ करोड ४३ लाख रुपैयाँ रहेको छ । फाइनान्सले हकप्रद शेयर निष्कासनको लागि बिक्री प्रबन्धकमा एस क्यापिटल अहिलेको एनआईबिएल क्यापिटललाई नियुक्त गरेको छ ।

मञ्जुश्री फाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा ४ करोड १४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x