Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

बन्दको हल्लै हल्लामा १९ करोड रुपैयाँको शेयर कारोबार

बन्दको हल्लै हल्लामा १९ करोड रुपैयाँको शेयर कारोबार

काठमाडौं, ९ चैत । सरकारले आजबाट नेपाल राजपत्रमा प्रकाशित १७ अत्याआवश्यक सेवा बाहेक अन्य सेवा बन्द गर्ने भनेपछि शेयर बजार खोल्ने वा बन्द गर्ने भन्ने अन्योलमा रहँदा–रहँदै पनि आइतबार बजार खुल्ला भयो । लगानीकर्ता संघसंस्थाहरुले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण नहुँजेलसम्म शेयर कारोबार बन्द गर्न नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज (नेप्से)सँग माग गर्दै आएका भएपनि बोर्डले त्यसको बेवास्ता गरेको छ ।

लगानीकर्ताहरुले ब्रोकरकामा नै गएर शेयर कारोबार गर्नु पर्ने भएकाले उनीहरुको सुरक्षालाई ध्यानमा राखेर शेयर कारोबार बन्द गर्नुपर्ने उनीहरुको भनाई छ । तर, नेप्सेले भने अनलाइनबाट शेयर कारोबार गर्न आग्रह गर्दै आएको छ ।

आज दिनभरी बोर्ड र नेप्सेले शेयर कारोबार खुल्ला राख्ने वा केही समयका लागि बन्द गर्ने भन्ने विषयमा निष्कर्ष निकाल्न नसक्दा नेप्से परिसूचक १८.२० अंकले घटेर १२५१.५ विन्दुमा रोकिएको छ । त्यस्तै अन्य दिनको तुलनामा कम कम्पनीको शेयर कारोबार भएको छ । आज १ सय २३ कम्पनीको ४ लाख ८० हजार ५२७ कित्ता शेयर १९ कारोड ४६ लाख रुपैयाँमा खरिद विक्री भएको छ ।

कारोबारमा आएका ११ समूहमध्ये ३ समूहको परिसूचक वृद्धि भएको छ भने बाँकी समूहको परिसूचकमा कमी आएको छ । परिसूक वृद्धि हुनेमा होटल समूह ३.५१ प्रतिशत, निर्जीवन बीमा समूह ०.०२ प्रतिशत र अन्य समूह १.०८ प्रतिशत रहेको छ । सर्वाधिक परिसूचक घट्नेमा बैंकिङ्ग समूह रहेको छ । बैंकिङ्ग समूहको २.४२ प्रतिशत परिसूचक घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x