सिद्धार्थ बैंकको हकप्रद शेयरका लागि बुक क्लोज

काठमाडौं, १० माघ । हकप्रद शेयर निष्कासन प्रयोजनको लागि सिद्धार्थ बैंकले शेयर दर्ता किताव बन्द गर्ने भएको छ । बैंकले माघ २२ गते शेयर दर्ता किताव बन्द गर्ने सुचना नेपाल स्टक एक्सचेन्जलाई गराएको छ । बैंकको शेयर माघ २१ गतेसम्म किन्ने शेयरधनीहरुले बैंकले जारी गर्ने हकप्रद शेयरको आवेदन दिन पाउँनेछन् ।

बैंकले १० बराबर १ कित्ता अर्थात १० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । बैंकले एक सय रुपैयाँ अंकित मुल्य भएको ६८ करोड २६ लाख ११ हजार ७१९ रुपैयाँ बराबरको ६८ लाख २६ हजार ११७.१९ कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ । बैंकले हकप्रद शेयर निष्कासनको लागि लक्ष्मी क्यापिटललाई नियुक्त गरेको छ ।

बैंकले निष्कासन गर्ने हकप्रद शेयर र प्रस्ताव गरेको १४ प्रतिशत बोनस शेयरको पुँजीकरण पछि चुक्ता पुँजी ७ अर्ब ५० करोड रुपैयाँ पुग्ने छ । बैंकको हाल चुक्ता पुँजी ६ अर्ब ८२ करोड रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *