दोस्रो त्रैमासमा घट्यो ओम डेभलपमेन्ट बैंकको मुनाफा
काठमाडौं, १० माघ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा ओम डेभलपमेन्ट बैंकको खुद मुनाफामा कमी आएको छ । गत आर्थिक वर्षको समिक्षा अवधिको तुलनामा बैंकको खुद मुनाफा आर्जन २०.९९ प्रतिशतले ह्रास आएको छ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा बैंकले १५ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको समिक्षा अवधिमा बैंकको खुद मुनाफा आर्जन १९ करोड रुपैयाँ रहेको थियो । समिक्षा अवधिमा बैंकको खुद व्याज आम्दामी र संचालन मुनाफामा समेत ह्रास आएको छ । समिक्षा अवधिमा बैंकले १७ अर्ब ५४ करोड रुपैयाँ निक्षेप संकलन गरि १५ अर्ब ७७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । वित्तीय विवरण अनुसार बैंकले समिक्षा अवधिमा निक्षेप र कर्जा प्रवाहलाई बढाएको छ ।
बैंकको हाल चुक्ता पुँजी २ अर्ब १३ करोड रुपैयाँ रहेको छ । यस्तै बैंकले प्रस्ताव गरेको १७.६९ प्रतिशत बोनस शेयर पछि बैंकको चुक्ता पुँजी २ अर्ब ५१ करोड रुपैयाँ पुग्ने छ । बैंकको हाल वार्षिक प्रति शेयर आम्दामी १४.०७ रुपैयाँ रहेको छ ।