Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

कोरोना विरुद्ध यसरी काम गरौं

कोरोना विरुद्ध यसरी काम गरौं

हाम्रो अहिलेको मुख्य चुनौती र आवश्यकता अस्पताल र क्वारेन्टाइनरआइसोलेसन सेन्टरको जोखिम मूल्यांकन गरी अत्यावश्यक सामग्री उपलब्ध गराउनु हो । सबैभन्दा पहिले स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गरी सुरक्षा उपकरण उपलब्ध गराउनु आवश्यक थियो । चौधरी फाउन्डेसनले यसमा केही सफलता हासिल गरेको छ।
पाल्पा अस्पताल, कोरोना विशेष अस्पताल (भरतपुर), सहज हेल्थ फाउन्डेसन (गैंडाकोट), पिताउन्जी हेल्थपोस्ट (भेडाबारी), प्राइमेरी हेल्थ सेन्टर (दुम्कौली), लुम्बिनी प्रादेशिक अस्थायी कोरोना अस्पताल, भीम अस्पताल (भैरहवा), आयुर्वेद अस्पताल (दाङ) र प्रदेश प्रहरी अस्पताल (नेपालगन्ज)मा व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), अक्सिजन जेनेरेटिङ एप्यारटस, सर्जिकल मास्कजस्ता अत्यावश्यक सामग्री हस्तान्तरण गरेका छौं । प्रदेश नम्बर १, ६ र ७ का प्रमुख स्वास्थ्य केन्द्रहरूमा भोलिसम्ममा आवश्यक सामग्री वितरण गरिनेछ ।
संक्रमितको उपचारका लागि तयारी गरिरहेका सबै जोखिमपूर्ण स्वास्थ्य संस्थामा पीपीई लगायत अन्य आवश्यक सामग्री अभाव नहोस् भनेर हामीले हेल्पलाइन शुरु गरेका छौं । त्यसका लागि हटलाइनको व्यवस्था गरेको छ ।
हाम्रो अर्को प्राथमिकता र चुनौती भनेको परीक्षण किटको उपलब्धता हो । केही बाहिरी मुलुकमा हामीले किट निर्यातका लागि तयारी अवस्थामा राखेका छौं । यद्यपि नेपाल भित्र्याउन सफल भइसकेका छैनौं । ढुवानी सहजीकरणका लागि हाम्रो टिम खटिइरहेको छ । मलाई आशा छ, यसमा छिट्टै समाधान निस्किनेछ ।
हाम्रो अर्को चुनौती अक्सिजन जेनेरेटिङ एप्यारटस र भेन्टिलेटरको हो। मुलुकभर यी उपकरण अभाव छ, आयात गर्नुको विकल्प छैन। सँगै ती उपकरण सञ्चालन गर्न दक्ष जनशक्ति अभाव पनि उत्तिकै छ। त्यसैले दक्ष जनशक्तिको अभिमुखीकरणका लागि सम्बन्धित मन्त्रालय र निकायसँग हातेमालो गर्दै अघि बढ्नेछौं ।
आजको आवश्यकता पैसा होइन, यी उपकरणको सहज आपूर्ति हो । उपचारको अभिभारा बोकेका स्वास्थ्यकर्मीको सुरक्षा हो । यसतर्फ हामी अत्यन्तै सजग र संवेदनशील छौं । त्यसैले, आगामी ३ दिनभित्रमा देशभरिका सबै संवेदनशील स्थानमा पीपीईलगायत अन्य सामग्री उपलब्ध गराउने लक्ष्यसाथ अगाडि बढिरहेका छौं ।

twitter: @BinodKChaudhary बाट

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x