Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

के लकडाउन लम्बिन्छ ?

के लकडाउन लम्बिन्छ ?

काठमाडौं, १३ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ एउटा ट्वीट गरेका छन् । उनले भनेका छन्– म पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेको छु । तपाईंहरु पनि घरमै बस्नुहोस् । कोरोना भाइरस नियन्त्रणको सरकारको प्रयासमा उनले आम नागरिकहरुबाट सहयोग मागेका छन् । यसले सरकारको लकडाउन अझै लम्बिने स्पष्ट संकेत मिलेको छ ।
सरकारले भारतमा जस्तो एक्कासी लामो समयका लागि लकडाउन गर्दा जनता आत्तिन्छन् भनेर एकसाता– एकसाता गर्दै थप्ने नीति लिएको देखिन्छ । कोरोना रोकथाम, नियन्त्रणका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको उच्चस्तरीय समितिले अत्यावश्यक वस्तुको आपूर्ति केही सहज पनि बनाउने निर्णय पनि गरेको छ । घरमै आपूर्ति हुने व्यवस्था समेत मिलाएको बताएको छ । यसले लकडाउन लम्बिने आभाष मिल्छ ।
कोरोना भाइरस संक्रमणको चेन भत्काउन सरकारले सबैलाई छुट्याएर राख्न आपसमा भेट्न नदिन यस्तो नीति लिएको हो । लक डाउनपछि व्यापक परिक्षण गर्ने र सम्भावित संक्रमितलाई ट्रेस गर्नुपर्नेमा अहिले परिक्षण किट आयातमा समय लाग्ने भएकाले पनि कम्तीमा अर्को एक देखि दुई सातासम्म लक डाउन लम्बिने सरकारको उच्च स्रोतले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x