Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

अशोक राणाको कार्यकाल ४ वर्ष थपियो, कोरोना विरुद्धको कोषमा १ करोड २५ लाख सहयोग

अशोक राणाको कार्यकाल ४ वर्ष थपियो, कोरोना विरुद्धको कोषमा १ करोड २५ लाख सहयोग

काठमाडौं, १३ चैत । हिमालयन बैंकको सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर जबरालाई अर्को एक कार्यकालका लागि नियुक्त गर्ने निर्णय गरेको छ । वैशाखदेखि लागू हुनेगरी अर्को चार वर्षका लागि राणालाई सीईओ नियुक्ति गरिएको सञ्चालक समितिका एक सदस्यले जानकारी दिए ।
त्यस्तै, बैंकको सञ्चालक समितिको बैठकले कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारले स्थापना गरेको कोषमा १ करोड २५ लाख रुपैयाँ योगदान गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषद्को आइतबारको बैठकले ५० करोड रुपैयाँको कोरोना विरुद्धको कोष स्थापना गरेको थियो । जसमा एकसाता पनि नबित्दै झण्डै २० करोड रुपैयाँ जम्मा भैसकेको बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x