नेपालमा पुनः एकजनामा कोरोना संक्रमण

काठमाडौं, १४ चैत । विश्वव्यापी महामारीको रुपमा फैलिँदै गएको कोरोनाको त्रास बढ्दै गर्दा नेपालमा पुनः एक जनामा यसको संक्रमण देखिएको छ । कोरोनाको संक्रमण देखिने पछिल्लो व्यक्ति सेती प्रादेशिक अस्पताल, धनगढीमा उपचाररत रहेको अस्पताल प्रशासनले बताएको छ । दुबईबाट आएका उनी कति गते र कुन प्mलाइटबाट आएको भन्ने खुल्न बाँकी छ । हाल उनको अवस्था सामान्य रहेको बताइएको छ । ३४ वर्षीय उनी नेपाली नागरिक हुन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ पुगेको छ ।