बेलायतका प्रधानमन्त्री नै कोरोना संक्रमित
काठमाडौं, १४ चैत । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सोनलाई कोरोना संक्रमण भएको छ । बिहीबार दिउँसो शरिरको तापक्रम सामान्य बढेको र मुख सुख्खा भएको महशुष गरेका ५५ वर्षे जोन्सनलाई उनका चिकित्सा सल्लाहकारले परिक्षणका लागि सुझाव दिएका थिए । उनको बिहीबार मध्यराततिर कोरोना परिक्षण गरिएको थियो । परिक्षणमा उनमा कोरोना पोजिटिभ देखिएपछि उनलाई तत्काल आइसोलेट गरिएको थियो । उनले टेन डाउनिङ स्ट्रीटमा प्रधानमन्त्रीको कार्यालयमा कसैसँग नभेटि एकान्तबास बस्ने भएका छन् । आवश्यक काममा भिडियो कन्फ्रेसिङमार्फत् बैठक गर्ने उनले बताएका छन् । ट्वीटरमा भिडियो सन्देशमार्फत् जोन्सोनले आइसोलेसनबाटै कोरोनाविरुद्धको लडाइँमा सहभागी हुने उल्लेख गरेकी छिन् ।
जोन्सोनलाई कोरोना संक्रमण पुष्टी भएपछि उनकी मंगेतर क्यारी सिमोन पनि छुट्टै बस्ने भएकी छिन् । उनी गर्भवती छिन् ।