लकडाउन एक साता थपियो, अन्तर्राष्ट्रिय हवाई उडान वैशाख तीन सम्म बन्द

काठमाडौं, १६ चैत । कोरोना रोकथाम, नियन्त्रणका लागि गठित उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिले १८ गतेसम्मको लकडाउनलाई २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । सरकारले शुरुमा एक साताका लागि लकडाउन गरेको भएपनि कोरोना संक्रमणको जोखिमलाई हेरेर पुनः एक साता थप्ने निर्णय लिएको हो ।
त्यस्तै, अन्तर्राष्ट्रिय हवाई उडान वैशाख तीन (अप्रिल १५) सम्म बन्द गरिने भएको छ । यसअघि मार्च ३० सम्म अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय भएको थियो । हवाई उडान बन्द भएपनि एयर एम्बुलेन्स, उद्दार उडान र फ्रेटर उडानका लागि भने अनुमति दिइन्छ । तर अन्तर्राष्ट्रिय जहाजहरु यात्रु सहित आउन भने पाउँदैनन् ।
आर्थिक पुनस्र्थापना तथा राहतका कार्यक्रम अनुमोदन तथा अन्य महत्वपूर्ण निर्णयका लागि अहिले मन्त्रिपरिषद् बैठक बसिरहेको छ । आजको मन्त्रिपरिषद् बैठकका निर्णय नेपाल टेलिभिजनमार्फत् लाइभ गरिने भएको छ ।