Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

चैतमा तिर्नुपर्ने ऋणको किस्ता असारसम्म तिरे हुने

चैतमा तिर्नुपर्ने ऋणको किस्ता असारसम्म तिरे हुने

काठमाडौं, १६ चैत । नेपाल राष्ट्र बैंकले ऋणीहरुलाई सहुलियत हुनेगरी चैत मसान्तमा तिर्नपर्ने कर्जाको साँवा ब्याज असारसम्म तिरे हुने व्यवस्था गरेको छ । चैत मसान्तभित्र ऋण तिर्नेलाई १० प्रतिशत ब्याज छुटको व्यवस्था गरिएको छ ।
केन्द्रीय बैंकले पुनकर्जा कोषको आकार ६० अर्ब रुपैयाँ पु¥याएको छ । यसबाट कोरोना प्रभावित क्षेत्रमा सहुलियत कर्जा दिइने भएको छ । पर्यटन र यातायात क्षेत्रका ऋणीलाई थप अल्कालिन कर्जा दिने राष्ट्र बैंकले उल्लेख गरेको छ । थप ऋण चाहिनेलाई बैंकले द्रुतमार्गबाट ५ दिनभित्र दिनुपर्नेछ भने विदेश जान नपाउनेले व्यवसाय गर्न चाहेमा ७ दिनभित्र सहुलियत कर्जा प्राप्त गर्न सक्नेछन् ।
केन्द्रीय बैंकले अनिवार्य नगद मौज्दात आवश्यकता १ प्रतिशतले घटाएर बैंक् तथा वित्तिय संस्थाबाट थप कर्जा प्रवाह हुन सक्ने वातावरण बनाएको छ । केन्द्रीय बैंकले विद्युतीय कारोबारलाई प्रोत्साहीत गर्न विद्युतीय कारोबारका लागि फोन र इमेलबाटै आवेदन दिन सक्ने व्यवस्था गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x