Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

कोरोनाविरुद्धको लडाइँमा सबैले साथ दिनुपर्छ : अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री

कोरोनाविरुद्धको लडाइँमा सबैले साथ दिनुपर्छ : अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री

काठमाडौं, १८ चैत । विश्वव्यापी रूपमा फैलिएको कोरोनाले अहिले मुलुक अप्ठ्यारो स्थितिमा रहेको भन्दै अर्थ सूचना तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले यो विषम घडीमा सबैले आआफ्नो ठाउँबाट सघाउनुपर्नेमा जोड दिएका छन् । मंगलवार रासससँग अन्तरवार्ता दिँदै डा. खतिवडाले यो सबै नेपालीको साझा स्वास्थ्य र जीवनसँगको विषय भएकाले यसको समाधानका लागि सत्तारूढ दल, प्रतिपक्ष, नागरिक समाज, उद्योगी तथा व्यवसायी, सञ्चार माध्यम सबै एकजुट हुनुपर्ने औंल्याए ।
सामाजिक सञ्जालमा रहेकाले सही सूचना मात्र प्रवाह गर्नुपर्ने उनले बताए । ‘सही सूचना मात्रै शेयर गनुप¥यो, अनावश्यक त्रास र भय सृजना गर्ने काम कोही कसैले पनि गर्नुभएन,’ उनले भने, ‘प्रेस जिम्मेवार छ, अहिले हाम्रो समाचार सम्प्रेषणको महत्वपूर्ण माध्यम सञ्चार नै हो । उनीहरु जिम्मेवार ढंगले प्रस्तुत होऊन् र सरकारलाई पनि सहयोग गरुन् भन्ने नै हाम्रो चाहना हो ।’
सरकारको तर्फबाट पनि प्रर्याप्त सूचना तथा जानकारी, काम कारबाही, तयारी, कमी कमजोरी भएको भए आत्मबोध समेत हुनुपर्ने उनले बताए ।

सरकारले पछिल्ला दिनमा एक दिन बिराएर केही न केही निर्णय गरिरहेको भन्दै उनले आवश्यकता पर्दा दिन दिनै पनि निर्णय गर्दै कार्यान्वयनमा लैजाने डा. खतिवडाले बताए । ‘हाम्रा निर्णयहरु पूर्व तयारीका लागि नै धेरै छन्,’ उनले भने, ‘यस्तो बेलामा हामी के चाहन्छौँ भने जीवन कुनै प्रकारको जोखिममा नहोस् ।’
मन्त्रिपरिषद्बाट पछिल्लो पटक भएको निर्णयका केही महत्वपूर्ण विशेषता रहेको अर्थमन्त्री डा. खतिवडाले दाबी गरे । सरकारले सुरक्षा दिनुपर्ने र संरक्षण गर्नुपर्ने आधारभूत तहका वर्ग, दैनिक श्रमिक, ज्यालादारी भएको भन्दै उनले उनीहरूलाई दैनिक रोजीरोटी सुरक्षित गरिदिन स्थानीय तहलाई परिचालित गरेर दैनिक रुपमा न्यूनतम आवश्यक पर्ने खाद्य वस्तु उपलब्ध गराउन सरकार केन्द्रित रहेको बताए ।
सरकार लोकतान्त्रिक विधिबाट चल्ने भन्दै उनले लोकतान्त्रिक विधिबाट अनुरोध गर्ने सरकारको प्रयत्नलाई कमजोरी ठान्न नहुने औंल्याए । ‘सबैले आआफ्नो कर्तव्य बोध गरौं भन्ने ढंले नै लोकतात्रिक विधि चल्ने हो ।कम अहिले निजी क्षेत्रका अस्पताललाई त हामीले भनिसकेका छौं,’ उनले भने, ‘यो कुरा हाम्रा केही निर्णयमा पनि परिसकेका छन् । अब हुने निर्णयमा अझ परिस्कृत भएर ती आउनेछन् ।’

कोभिड–१९ समन्वय गर्न आइतवार गठित ‘कोरोना कन्ट्रोल म्यानेजमेन्ट कमिटी’ (सिसिएमसी) भनेर व्यवस्थापन कमिटीले पनि यसबारे अनुगमन गरिरहेको उनले बताए । ‘सेवा नदिने अस्पताललाई कुनै छुट हुँदैन । उनीहरुले सेवा दिनुपर्छ,’ उनले भने, ‘हाम्रो काम स्वास्थ्य सामग्री, सुरक्षित उपकरण, औषधिहरुको बजारमा उपलब्ध हुने व्यवस्था गरिदिने हो । अहिले त्यो हुन थालेको छ ।’
अहिले कोरोनाको संक्रमण नहोस् भनेर सरकारले चालेको कदमको जनता आफंैले स्वस्फूर्त अघि बढाउनुपर्नेमा उनले जोड दिए । ‘किनभने यो सरकारमा बस्ने, पदमा बस्नेको मात्र जीवन रक्षाका लागि होइन, यो आम नागरिकको जीवन रक्षाका लागि हो,’ उनले भने, ‘त्यसैले जनता आफैं अनुशासनमा बसौं भनेर सरकारले आह्वान गरेको हो । यो त आफैँले आफैँलाई आज्ञापालक भएर राख्न खोजेको विषय हो ।’ त्यसैले यसलाई सरकारले भनेर मानिदिएको रूपमा नलिन उनले सबैलाई आग्रह गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x