एनआईसी एशियाका ग्राहकलाई दराजको अनलाइन खरिदमा छुट

काठमाडौं १८, चैत । एनआईसी एशिया बैंक लिमिटेडका ग्राहकले दराज अनलाइनमा रहेको बिगमार्टबाट खाद्यान खरीद गर्दा छूट पाउने भएका छन् । उभोक्ताले दराजको उक्त अनलाइनन खरीदमा कुल मूल्यको १० प्रतिशत वा अधिकतम रू. ५०० सम्म छूट पाउने बैंक र दराजबीच समझदारी भएको छ ।
यो योजनामा सहभागी हुन चाहने एनआईसी एशिया बैंक लिमिटेडका ग्राहकले २०७६ चैत्र १८ गते देखि चैत्र २६ गतेसम्म daraz.com.np मा गएर बिगमार्ट सामान अनलाइन खरीद गर्नुपर्नेछ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि सरकारले भिडभाड कम गर्न आह्वान गरिरहेको अवस्थामा विद्युतीय बैंकिङ माध्यमहरू प्रयोग गरी घरबाटै खाद्यान लगायत अत्यावश्यक सामान खरिद गर्न उपभोक्तालाई प्रोत्साहन गर्ने उद्देश्यले यस्ता योजना ल्याइएको बैंकद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ
बैंकले आफ्ना ग्राहकलाई पर्न सक्ने असुविधालाई ध्यानमा राखेर सातवटै प्रदेशमा ‘ग्राहक सहायता केन्द्र’ स्थापना गरी २४ सैं घण्टा आवश्यक बैंकिङ सेवा उपलब्ध गराएको जानकारी दिएको छ । हालसम्म बैंकले २५ वटा भन्दा बढी शाखामार्फत दैनिक निश्चित समयका लागि सेवा सुचारु गरेको छ ।
यस्तै ‘कोरोनासँगको लडाई, बैंकिङ्ग गरौं घरबाट एक पाइला नबढाई’ भन्ने नाराका साथ अन्तर बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, हवाई टिकट, इन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्क लगायतका भुक्तानीहरू निःशुल्क रुपमा मोबाइल तथा इन्टरनेट बैंकिङ जस्ता विद्युतीय माध्यमबाट गर्न सक्ने व्यवस्था गरेको छ ।