Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

नेपाल चेम्बर अफ कमर्शद्वारा विभिन्न सहयोग

नेपाल चेम्बर अफ कमर्शद्वारा विभिन्न सहयोग

चैत १८, काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले कोरोनाविरुद्ध लड्न विभिन्न जिल्लामा सहयोग जारी राखेको छ । चेम्बरले
आवश्यकताका आधारमा नगद हस्तान्तरण, मास्क लगायत सामग्री वितरणका साथै सुपथ मूल्य पसल सञ्चालन गरेको हो ।
धनुषा चेम्बर अफ कमर्शका उपाध्यक्ष एवं मास्क व्यवस्थापनका संयोजक सलामत राइन, प्रदेश नम्बर २ का अध्यक्ष पवन ठाकुर र धनुषा चेम्बरको अध्यक्ष विजय शाहले सुरक्षा निकाय अन्तर्गत जिल्ला प्रहरी कार्यालयलाई १ हजार पिस मास्क र सशस्त्र प्रहरी बललाई १५ सय पिस मास्क प्रदान गरेका छन् । साथै स्वास्थ्य क्षेत्रका विभिन्न अस्पताल र स्वास्थ्य चौकीको डेटा आएपछि मास्क, मेडिकल किट, ग्लोब्स हस्तान्तरण गर्ने चेम्बरको योजना छ ।
बागलुङ चेम्वर अफ कमर्शले कोरोना भाइरसबाट सुरक्षित हुन सचेतना सम्वन्धी कार्यक्रम सञ्चालन र मास्क बितरण कार्य शुभारम्भ गरेको छ । यस्तै गोरखा चेम्बर अफ कमर्शले हेल्प डेस्क राखेको छ । गोरखा चेम्बर अफ कमर्शले १५ सय मास्क वितरण गरेको छ । साथै आइसोलेसनमा रहेका बिरामीलाई खानेपानी पनि निःशुल्क उपलब्ध गराएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x