Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

लकडाउनको एक सातामा १३ सय पर्यटकको उद्धार

लकडाउनको एक सातामा १३ सय पर्यटकको उद्धार

काठमाडौं १८, चैत । लकडाउन शुरू भएको एक साता अवधिमा नेपालका विभिन्न ठाउँमा रोकिएका १३ सयभन्दा बढी पर्यटकका उद्धार गरिएको छ । उद्धार गरिएकाहरूमध्ये ९ सय भन्दा बढी यूरोपेली पर्यटक आआफ्नो देश फर्किएका छन् भने केही फर्किने तयारीमा छन् ।
काठमाडौंस्थित अमेरिका, जर्मनी, फ्रान्स, स्वीट्जरल्याण्ड, रूस र अस्ट्रेलियाका दूतावास र नेपाल पर्यटन बोर्ड, टे«किङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) लगायत संस्थाहरूको पहलमा सक्रियतामा विभिन्न ठाउँबाट पर्यटकहरूको उद्धार गरिएको नेपाल पर्यटन बोर्डले बताएको छ । पोखरा र लुक्लाबाट भने पर्यटकसहित काठमाडौं आउनुपर्ने नेपाली सहयोगी तथा गाइडको समेत उद्धार गरिएको बोर्डको भनाइ छ ।
यसरी उद्धार गरिएकामध्ये ३०० जना अमेरिकन पर्यटक आज (मंगलवार) कतार एयरवेजको चार्टर्ड विमानमार्फत स्वदेश फर्किंदै छन् यो जहाज काठमाडौंबाट दोहा हुँदै अमेरिका जाने बताइएको छ । यस्तै बुधवार नेपाल एयरलाइन्सको विमानबाट पनि यति नै संख्यामा अस्ट्रेलियन नागरिक स्वदेश फर्किंदै छन् ।
नेपाल वायुसेवा निगमका अपरेशन प्रमुख दीपु ज्वारचनले अप्रिल १ मा अस्ट्रेलिया जान निगमको वाइडबडी जहाज बुक भएको बताएका छन् ।
सरकारले वैशाख २ गतेसम्मका लागि राष्ट्रिय तथा अन्तरराष्ट्रिय उडान रोके पनि आपत्कालीन र कार्गो उडानका लागि प्राधिकरणको अनुमति लिएर सञ्चालन गर्न सकिने व्यवस्था छ । सोही अनुसार अमेरिका र अस्ट्रेलियाले आफ्ना नागरिकलाई चार्टर्ड विमानमार्फत लैजान लागेका हुन् । तर आउने विमानले यात्रु लिएर आउन भने पाउँदैनन् ।
कोरोना भाइरस संक्रमण नियन्त्रण समन्वय उच्च स्तरीय उपसमितिले गत आइतवार सबै आन्तरिक तथा अन्तरराट्रिय उडान स्थगित गर्ने निर्णय गरेको थियो । यससँगै नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले आपत्कालीन र कार्गो उडान गर्न सकिने स्पष्ट समेत पारेको छ ।
केही दिनदेखि स्वदेशी विमान सेवा कम्पनीहरूले देशभित्रबाट पर्यटकलाई उद्धार गरी ल्याएका छन् भने चार्टर्ड उडानमार्फत पर्यटकलाई विदेश लगिएको छ । यस्तै नेपाल पर्यटन बोर्डले तत्कालका लागि पर्यटकको उद्धार गर्ने काम पनि रोकिएको बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x