Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

आइएमएफद्वारा विश्वव्यापी मन्दीको घोषणा, ८० देशले सहयोग मागे, नेपाललाई १३ अर्ब ९ करोड

आइएमएफद्वारा विश्वव्यापी मन्दीको घोषणा, ८० देशले सहयोग मागे, नेपाललाई १३ अर्ब ९ करोड

काठमाडौं, १८ चैत । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले विश्वव्यापी आर्थिक मन्दीको घोषणा गरेको छ । यो अघिल्लो अर्थान् सन् २००८ को आर्थिक मन्दीभन्दा भयावह रहेको भन्दै आइएमएफले ८० देशहरुले यसअघि नै आइएमएफसँग आपत्कालीन सहायता माग गरेका जनाएको छ ।
यसैबीच, जी २० देशहरुले भने ५० खर्ब अमेरिकी डलर अर्थात् विश्व अर्थतन्त्रको ६ प्रतिशतबराबरको वित्तिय उपायहरु अघि सारेका छन् ।
मुद्रा कोषकी प्रबन्ध निर्देशक क्रिस्टालिना जेर्जिभाले आइएएमएफ र जी २० देशहरुको विश्व अर्थतन्त्र ध्वस्त हुनबाट जोगाउन चालेका कदमबारे चर्चा गरेकी छिन् । विश्वव्यापी महामारी बनेको कोरोना भाइरसकाका कारण आइएमएफले सन् २०२० र २०२१ को आर्थिक वृद्धिदरमा पुनर्विचार गर्ने भएको छ । आइएमएफले कम्पनीहरु टाट पल्टिने समस्ष मुख्य रहेको भन्दै यो अवस्थालाई पार लगाउन र पुनस्र्थापनाका लागि अत्यावश्यक कदमहरु चाल्ने जनाएको छ । सबैजसो देशहरुले जटिल उपायहरु अघि सारेका छन् । आइएमएफले १८६ देशको नीतिगत कदमलाई ट्रयाक गरेको छ र हरेक देशपिच्छेको अवस्था आइएमएफको निगरानी अधिकार (सर्भिलियन्स म्याण्डेट) अनुसार सार्वजनिक गर्ने आइएमएफले जनाएको छ ।
नेपालले पनि आपत्कालीन सहयोग अन्तर्गत अन्तर्राष्ट्रिय मुद्रा कोषको ७ करोड ८५ लाख एसडीआर (१३ अर्ब ९ करोड रुपैयाँ) निब्र्याजी ऋण सहायता स्वीकार गर्ने भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x