Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

लुम्बिनी विकास बैंकको हकप्रद शेयरको बिक्री खुल्ला

लुम्बिनी विकास बैंकको हकप्रद शेयरको बिक्री खुल्ला

काठमाडौं, ११ माघ । लुम्बिनी विकास बैंकले आज माघ ११ गतेबाट हकप्रद शेयरको बिक्री खुल्ला गरेको छ । बैंकले १० बराबर १ अर्थात १० प्रतिशत हकप्रद शेयर बिक्री खुल्ला गरेको छ । बैंकले उक्त हकप्रद शेयरको बिक्री बन्द फागुन १६ गते गर्ने जनाएको छ ।

बैंकले एक सय रुपैयाँ अंकित मुल्य भएको २० करोड ८ लाख ८७ हजार ८२७ रुपैयाँ बराबरको २० लाख ८ हजार ८७८।२७ कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ । बैंकले हकप्रद शेयर निष्कासनको लागि बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ ।

बैंकले जारी गर्ने भनेको १० प्रतिशत हकप्रद शेयर पछि चुक्ता पुँजी २ अर्ब २१ करोड रुपैयाँ पुग्ने छ । बैंकको हाल चुक्ता पुँजी २ अर्ब १ करोड रुपैयाँ रहेको छ । राष्ट्र बैंकको निर्देशन अनुसार बैंकलाई २९ करोड रुपैयाको आवश्यकता पर्ने देखिन्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x