Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सुन्धारामा मोबाइलको मल्टि शोरुम सञ्चालनमा

सुन्धारामा मोबाइलको मल्टि शोरुम सञ्चालनमा

काठमाडौ, १२ माघ । काठमाडौको सुन्धारा स्थित सीटीसी महलमा सबै ब्राण्डका मोबाइलहरु पाइने मल्टि शोरुम सञ्चालनमा आएको छ ।
सस्तो, सुलभ र आधुनिक प्रविधिका अधिकांश मोबाइलका ब्राण्डहरु तथा एसेसरिजहरु सहित अल्फा स्टोर प्रा. लिले महलको भुईतलामा बुधबारदेखि मोबाइलको मल्टि शोरुम सञ्चालनमा ल्याएको हो । सञ्चालन शुभारम्भ भएको अवसरमा प्रालिले एक हप्तासम्म मोबाइल किन्दा दुई हजार रुपैयाँ बराबरको ब्लूतुथ निःशुल्क दिने अफर समेत ल्याएको छ ।

नेपालमा पहिलोपटक आधुनिक आइफोनसहित १३ ब्राण्डहरु सबै मोबाइलहरु एकै ठाउँबाट पाइने गरी शोरुम सञ्चालनमा ल्याएको प्रालिका प्रबन्ध निर्देशक संजय बगरियाले जानकारी दिए । उनका अनुसार, शोरुमबाट आइफोनसहित सामसुङ, ओपो, विभो, वान प्लस, एमआई, एचटीसी, नोकिया, सोनी, लाभा, कर्लस, मोटोरोला लगायतका ब्राण्डका मोबाइलहरु सस्तो, ग्यारेण्टी र सुलभ रुपमा खरिद गर्न सकिनेछ । शोरुममा मोबाइल एक्सचेन्जका साथै मर्मतको समेत सेवा रहेको प्रालिले जनाएको छ ।

चीनको ठूलो कम्पनी रिम्याक्सको एसेसेरिजहरु समेत रहेको शोरुममा गुणस्तर एयरफोन, ब्लूतुथ कार केबल, कभर लगायत पाइने प्रालिले जनाएको छ । मोबाइल सम्बन्धी सबै ब्राण्डहरु तथा सेवाहरु एकसाथ पाइनेसुन्धारास्थित सीटीसी महलको भुई तलाको १२२ नम्बरमा रहेको मल्टिपल शोरुममा ५ हजारदेखि १ लाख ५० हजार रुपैयाँ मुल्यसम्मका मोबाइलहरु छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x