Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सिद्धार्थ बैंकको हकप्रद शेयर फागुन २ गतेबाट बिक्री खुल्ला

सिद्धार्थ बैंकको हकप्रद शेयर फागुन २ गतेबाट बिक्री खुल्ला

काठमाडौं, १२ माघ । सिद्धार्थ बैंकले हकप्रद शेयर फागुन २ गतेबाट बिक्री खुल्ला गर्ने भएको छ । बैंकल १० बराबर १ कित्ता अर्थात १० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । उक्त हकप्रद शेयरको बिक्री बन्द चैत्र २ गते गरिने बैंकले जनाएको छ ।

बैंकले एक सय रुपैयाँ अंकित मुल्य भएको ६८ करोड २६ लाख ११ हजार ७१९ रुपैयाँ बराबरको ६८ लाख २६ हजार ११७.१९ कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ । बैंकले हकप्रद शेयर निष्कासनको लागि लक्ष्मी क्यापिटललाई नियुक्त गरेको छ । बैंकले माघ २२ गते शेयर दर्ता किताव बन्द गर्ने जनाएको छ । बैंकको शेयर माघ २१ गतेसम्म किन्ने शेयरधनीहरुले बैंकले जारी गर्ने हकप्रद शेयरको आवेदन दिन पाउँनेछन् ।

बैंकले निष्कासन गर्ने हकप्रद शेयर र प्रस्ताव गरेको १४ प्रतिशत बोनस शेयरको पुँजीकरण पछि चुक्ता पुँजी ७ अर्ब ५० करोड रुपैयाँ पुग्ने छ । बैंकको हाल चुक्ता पुँजी ६ अर्ब ८२ करोड रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x