Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्यमा आएको वृद्धिले स्थानिय बजारमा पर्याे प्रभाव, मुल्य अझै बढ्ने सम्भावना

अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्यमा आएको वृद्धिले स्थानिय बजारमा पर्याे प्रभाव, मुल्य अझै बढ्ने सम्भावना

शमुयल राना मगर, १२ माघ । अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्यमा आएको वृद्धिको कारण स्थानिय बजारमा समेत सुनको मुल्य बढ्न गएको छ । विशेष गरि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मुल्यमा भएको वृद्धिले सुनको मुल्य समेत बढ्न गएको हो । सुन उत्सर्जन गर्न पेट्रोलियम पद्धार्थको प्रयोग गरिने भएकाले उत्पादन लगात बढ्न हुँदा सुनको मुल्य बढ्ने हुन्छ । यस्तै कच्चा तेल र सुनको मुल्य बढ्न थालेपछि अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलर कमजोर बन्दै गएको छ ।

अन्तर्राष्ट्रिय बजारमा हिजो सुनको मुल्यमा आएको वृद्धिका कारण स्थानिय बजारमा सुनको मुल्य प्रति तोला ५७ हजार आठ सय रुपैयाँ पुगेको थियो । जुन गत एक वर्ष यता कै उच्च हो । तर आज अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्यमा आएको कमीले स्थानिय बजारमा समेत सुनको मुल्य घट्न गएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघको अनुसार आज स्थानिय बजारमा सुन प्रति तोला ५७ हजार चार सय रुपैयाँ कायम भएको छ । स्थानिय बजारमा सुन प्रति तोला अहिलेसम्म कै उच्च ६३ हजार तीन सय रुपैयाँसम्म पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलर कमजोर हुँदा सुन तर्फ लगानीकर्ताहरुको आकर्षण बढ्ने हुन्छ । तर हामी कहाँ सुनलाई लगानीको माध्यमबाट भन्दा पनि गहना र परम्परासंग जोडिने गरिएको छ । विशेष गरि विवाहको अवसरमा सुन र यसबाट बनिएका गहनाहरुको प्रयोग बढ्दो मात्रामा हुने गरेको पाइन्छ । त्यसैले नेपालमा विवाहको मौसममा सुनको मागमा वृद्धि आउने गरेको सुन व्यवसायीहरुले बताएका छन् । तर यो वर्षको माघ महिनामा विवाहको लगन नहुँदा सुनको मागमा कमी आएको छ । ‘लगन धेरै नभएपछि माग पनि कम नै छ, फेरि सुनको मुल्यमा आएको वृद्धिले पनि सुनको बिक्री सन्तोषजनक छैन,’ नेपाल सुनचाँदी व्यवसायी महासंघका पुर्व अध्यक्ष तेजरत्न शाक्यले भने । उनका अनुसार गत वर्षको तुलनामा यो वर्ष स्थानिय बजारमा सुनको मागमा कमी आएको छ ।

शाक्यले आगामी दिनमा सुनको मुल्य अझै बढ्न सक्ने सम्भावना रहेको बताएका छन् । ‘डलर कमजोर हुनुको साथै पेट्रोलिय पद्धार्थको मुल्यमा पनि वृद्धि आएको छ, त्यसैले आगामी दिनमा सुनको मुल्य बढ्न सक्छ,’ उनले भने । यता स्थानिय बजारमा यो महिना सुनको मागमा खासै वृद्धि नआएपनि फागुन महिनामा सुनको माग ह्वात्तै बढ्न शाक्यले बताएका छन् । ‘माघमा सुनको माग छैन, तर फागुनमा माग धान्न गाह्रो हुन्छ,’ उनले भने । फागुन महिनामा विवाहको लगान अधिक भएको कारण उनले सुनको माग बढ्ने अनुमान लगाएका हुन् ।

यता फागुनमा सुनको माग बढेसंगै सुनको आयात समेत बढाउन आवश्यक रहेको शाक्यले बताएका छन् । ‘माघ महिनामा यहि आयातले धाने पनि फागुनमा धान्दैन,’ उनले भने । अहिले नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकमार्फत दैनिक २० किलो सुन आयात गर्न दिएको छ । तर शाक्यको भनाई अनुसार दैनिक २० किलो सुनको आयातले स्थानिय बजारको मागलाई सम्बोधन नगर्ने देखिएको छ । ‘हामीले दैनिक ३० केजी भनेका छौं, तर २५ केजी आयात गर्ने कुरा भएको छ,’ उनले भने, ‘यस वारेमा वाणिज्य मन्त्रालय, नेपाल राष्ट्र बैंक र व्यवसायीहरु बिच छलफल हुँदैछ ।’ यसरी सुनको माग बढ्दा आयातको मात्रामा समेत वृद्धि हुन आउँछ । अर्काे तर्फ स्थानिय बजारमा सुनको माग उच्च हुँदा तस्करी बढ्ने सम्भावना पनि रहेको हुन्छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार मुलुकको शोधानान्तर स्थिती ऋणात्मक रहेको छ । उच्च आयात, प्रत्यक्ष बैदेशिक लगानीमा आएको कमी र घट्दो विप्रेषण आप्रवाहले मुलुकको शोधानान्तर स्थिती ऋणात्मक भएको हो । यसरी शोधानान्तर बचत ऋणात्मक हुँदा सरकारले केहि वस्तु तथा सेवाको आयातमा रोक र कडाई गर्ने हुन्छ । विगतमा शोधानान्तर बचत ऋणात्मक हुँदा सुनको आयातको कोटा घटाईको थियो । तर सुन व्यवसायीहरुले सुनको आयातमा कडाई गरि हाल्न नपर्ने बताउँछन् । सुनको तुलनामा अन्य वस्तु तथा सेवाहरुको आयात बढेकोले त्यसमा नियन्त्रण गर्न सुन व्यवसायीहरुले सुझाव दिएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x