प्रदेश २ सरकारको कोरोना उपचार कोषमा विभिन्न बैंकको सहयोग

जनकपुर, २३ चैत । कोरोना भाइरस संक्रमितको उपचार तथा रोकथामका लागि प्रदेश २ सरकारले स्थापना गरेको कोषमा विभिन्न बैंकले सहयोग गरेका छन् । कोरोना भाइरस संक्रमण नियन्त्रण तथा उपचार कोषमा सोमवार बिहानसम्म विभिन्न बैंक तथा संघसंस्थाहरूबाट ४८ लाख १ हजार रुपैयाँ जम्मा भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार कर्मचारी र सरकार बाहेकका व्यक्तिबाट कोषमा रकम जम्मा हुने क्रम बढ्दै गएको छ ।
कोषमा सिद्धार्थ बैंक जनकपुर शाखाले रू. १० लाख, नेपाल बैंक लिमिटेड जनकपुर शाखाले रू. ५ लाख, कृषि विकास बैंकले रू. ५ लाख, सिटिजन बैंकले रू. ७ लाख, कुमारी बैंकले रू. ५ लाख, सिभिल बैंकले रू. ५ लाख र माछापुच्छ्रे बैंकले रू. ५ लाख कोषमा जम्मा गरेका छन् । साथै, जनकपुरस्थित होटल वेलकमले रू. १ लाख १ हजार जम्मा गरेको छ । प्रदेश सरकारले राष्ट्रिय वाणिज्य बैंकको जनकपुर शाखामा खोलेको कोरोना भारइस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोष खातामा दाताहरूलाई सहयोगका लागि आग्रह गरेको छ । कोषको खाता नं. १२२०५०३०००००१ रहेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *