Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

कुमारी बैंक सल्यान शाखाद्वारा रू. ५० हजार सहयोग

कुमारी बैंक सल्यान शाखाद्वारा रू. ५० हजार सहयोग

सल्यान, २४ चैत । कुमारी बैंक सल्यान शाखाले जिल्लाको छत्रेश्वरी गाउँपालिकालाई ५० हजार रुपैयाँ राहतस्वरूप सहयोग गरेको छ । कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा अति विपन्न वर्गका नागरिकलाई राहत दिने उद्देश्यले गाउँपालिकाले स्थापना गरेको कोरोना विपत् राहत कोषलाई बैंक सल्यान शाखाले ५० हजार रुपैयाँ सहयोग दिएको हो ।

गाउँपालिकाका अध्यक्ष सन्तोष केसीलाई कुमारी बैंक सल्यान शाखाका प्रबन्धक मिथुन बुढाथोकीले सोमवार ५० हजारको चेक हस्तान्तरण गरेका हुन् । चेक बुभ्mदै गाउँपालिका अध्यक्ष केसीले कोरोना संक्रमणको भयावहको यो स्थितिमा राहतका लागि गाउँपालिकालाई आर्थिक सहयोग गरेको भन्दै कुमारी बैंकलाई धन्यवाद व्यक्त गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x