Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

लक्ष्मी बैंकद्वारा कर्णाली प्रदेश सरकारलाई रू. १० लाख सहयोग

लक्ष्मी बैंकद्वारा कर्णाली प्रदेश सरकारलाई रू. १० लाख सहयोग

वीरेन्द्रनगर २४, चैत । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा व्यवस्थापनका लागि लक्ष्मी बैंक लिमिटेडले कर्णाली प्रदेश सरकारलाई रू. १० लाख सहयोग गरेको छ । बैंकका कर्णाली प्रदेश प्रमुख शैलेन्द्रराज पाण्डेले उक्त रकम बराबरको चेक कर्णाली प्रदेशका मुख्यसचिव टेकनारायण पाण्डेलाई हस्तान्तरण गरेका हुन् ।
लक्ष्मी बैंकले कोभिड–१९ को महामारीकोे नियन्त्रण तथा प्रभावितहरूलाई राहत प्रदान गर्ने उद्देश्यले कुल रू. १ करोड बराबरको आर्थिक सहयोग प्रदान गर्नेगरी रू. ३० लाख नेपाल सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा तथा बाँकी ७० लाख सातैओटा प्रदेशमा सम्बन्धित प्रदेश सरकारद्वारा स्थापित कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १० लाखका दरले जम्मा गर्ने निर्णय गरेको छ । नियमित बैंकिङ सेवाका अतिरिक्त बैंकको सामाजिक उत्तरदायित्वलाई समेत उत्तिकै महत्व दिने बैंकको लक्ष्य अन्तर्गत यो सहयोग गरिएको बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x