नेपाल लाइफद्वारा १ करोडको चेक कोषलाई हस्तान्तरण
काठमाडौं, २५ चैत । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई १ करोड रुपैयाँको चेक हस्तान्तरण गरेको छ । कम्पनीको पूर्व निर्णय अनुसार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव नारायण प्रसाद बिँडारीलाई कम्पनीका अध्यक्ष गोविन्द लाल संघई तथा सञ्चालक समिति सदस्य कमलेश कुमार अग्रवालले १ करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
सोमबार सिंहदरवार स्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सो सहयोग रकमको चेक हस्तान्तरण गरिएको हो । नेपाल लाइफले विगतमा समेत राष्ट्रले आवश्यकता महसुस गरेका विभिन्न प्रतिकुल परिस्थितिमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विविध प्रकारको सहयोग गर्दै आएको छ । यस सहयोगसँगै सरकार र आमनागरिकसँग एक भई यस महामारी विरुद्ध लड्न र संक्रमण फैलिन नदिन प्रतिबद्ध रहेको नेपाल लाइफका सञ्चालक समितिका अध्यक्ष संघईले बताए ।