Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

राष्ट्र बैंकले गर्न नसकेको काम अरूले सक्दैन : गभर्नर अधिकारी

राष्ट्र बैंकले गर्न नसकेको काम अरूले सक्दैन : गभर्नर अधिकारी

काठमाडौं, २५ चैत । राष्ट्र बैंकको नयाँ गभर्नरमा नियुक्त महाप्रसाद अधिकारीले पदभारको शपथ लिएका छन् । मंगलवार सर्वोच्च अदालत पुगेर उनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाबाट शपथ लिएका हुन् ।
शपथ ग्रहणपछि राष्ट्र बैंकको प्रांगणमा आयोजित एक कार्यक्रममा गभर्नर अधिकारीले अहिले कोरोनाले विश्व अर्थतन्त्र नै संकटमा परेका अवस्थामा नेपालको वित्तीय स्थिति सन्तुलनमा राख्न आफू अडिग रहने प्रतिबद्धता व्यक्त गरेका छन् । आफू यसअघि नै राष्ट्र बैंकको क्याडरको रूपमा काम गरेर आइसकेको हुनाले टीमसँग मिलेर अघि बढ्न सहज हुने भनाइ छ ।
अहिलेको विषम परिस्थितिमा राष्ट्र बैंकले गर्न नसकेको काम अरू कसैले गर्न नसक्दै धारणा राख्दै उनले राखेका छन् । साथै सम्भाव्य संकटको सामना गर्दै देशलाई आर्थिक स्थायित्व दिन आफू सक्रिय रहने बताएका छन् । उनले चुनौतीलाई अवसरको रूपमा लिएर अघि बढ्न आफू तयार रहेको भन्दै उनले अहिले कोभिड १९ को प्रकोपबाट नेपालको अर्थतन्त्रमा परेको असर न्यूनीकरणका लागि आफ्नो प्रयास र पहल जारी रहने उद्घोष गरेका छन् ।
आफूले ३ वर्षअघि महाभूकम्प गएको बेला पनि राष्ट्रिय अर्थतन्त्रका लागि महत्वपूर्ण काम गरेको उनले स्मरण गरे । ‘नेपाल राष्ट्र बैंकसँग आफैमा एउटा बलियो टीम छ,’ उनले भने, ‘कोरोना भाइरसको महामारीले अर्थ व्यवस्थामा ल्याउन सक्ने असर रोक्न र हाम्रो टीम प्रतिबद्ध हुनेछ ।’ साथै, बैंकहरूको ब्याज, राहत लगायत विषयमा पनि केही रणनीति ल्याइने संकेत उनले गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x