पर्वतमा थप ९ जनाको कोरोना रिपोर्ट नेगेटिभ

पर्वत, २६ चैत । पर्वतको जलजला गाउँपालिकामा विदेशबाट फर्किएका ९ जना युवामा पनि कोरोना संक्रमण नभएको पाइएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय मंगलवार गरिएको परीक्षणमा उनीहरूमा कोरोना रिपोर्ट नेगेटिभ आएको पर्वत अस्पतालका प्रमुख डा. शिशिर देवकोटाले जानकारी दिए ।
योसँगै पर्वत जिल्लामा कुल २३ जनामा नेगेटिभ रिपोर्ट अर्थात् कोरोना संक्रम नभएको पाइएको छ । हालसम्म पर्वतका ३२ जनाको स्वाब पर्वत जिल्लामा भएको छ । जलजलापछि फलेवास नगरपालिकामा विदेशबाट फर्किएकाहरूको स्वाब संकलन गर्न थालिएको छ । विदेशबाट फर्किएका सबैको स्वाब परीक्षण गर्ने लक्ष्यअनुसार फलेवासका ६७ जनाको स्वाब संकलन गरिने भएको छ ।
फलेवास नगरपालिकाभित्र यही चैत ३ गतेपछि विदेशबाट आएर होम क्वारेन्टाइनमा बस्दै आएका ९ जनाको स्वाब परीक्षणका लागि मंगलवार पोखरा पठाइएको स्वास्थ्य संयोजक रुद्रप्रसाद शर्माले जानकारी दिए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *