Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

अति विपन्न र मजदुरलाई नगद राहात उपलब्ध गराउने सुदुरपश्चिम प्रदेश सरकारको निर्णय

अति विपन्न र मजदुरलाई नगद राहात उपलब्ध गराउने सुदुरपश्चिम प्रदेश सरकारको निर्णय

विवेक नगरी
धनगढी, २८ चैत । सुदूरपश्चिम प्रदेश मन्त्री परिषद्को बैठकले अति विपन्न र मजदुरलाई नगद राहात उपलब्ध गराउँने निर्णय गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले अति विपन्न, असहाय र ज्यालादारी मजदुरका परिवारका लागि ३ हजारका दरले १६ करोड स्थानीय तहमार्फत राहत सहयोग गर्ने बताए ।

सुदूरपश्चिम प्रदेशमा कार्यरत स्वास्थ्य कर्मी र सुरक्षा कर्मीलाई सङ्घीय सरकारले २५ लाख बीमा गरेकोमा त्यसमा थप १५ लाख र सञ्चार कर्मीलाई १५ लाखको बीमाको व्यवस्थाको निर्णय गरिएको बताए ।

त्यस्तै मन्त्री शाहले सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्ला अस्पतालका लागि २० वटा भेन्टिलेटरको खरिद गर्ने, सबै जिल्ला प्रशासन कार्यालयलाई ५ लाख रुपैयाँका दरले र नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र सशस्त्र प्रहरीका लागि १५ लाखका दरले रकम उपलब्ध गराउने निर्णय भएको बताए ।
मन्त्री शाहले प्रदेश सरकारले कोरोना कोष सञ्चालन निर्देशिका र राहत वितरण मापदण्ड समेत बैठकले पारित गरेको बताउँदै प्रदेशमा फागुन मसान्तसम्म तिर्नु पर्ने कर, शुल्क र दस्तुरको अवधि वैशाख मसान्तसम्म थपगर्ने निर्णय भएको बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x