Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

आर्थिक सहयोग व्यक्तिगत खातामा जम्मा नगर्न एनआरएनएको अनुरोध

आर्थिक सहयोग व्यक्तिगत खातामा जम्मा नगर्न एनआरएनएको अनुरोध

लन्डन, २८ चैत । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले कोरोना भाइरस (कोभिड–१९)को महामारीका लागि संकलित रकम व्यवस्थित गर्न राहत कोषसम्बन्धी कार्यविधि पारित गरेको छ । संघ महासचिव डा. हेमराज शर्माका अनुसार बिहीवार बसेको बैठकले १७ बुँदे कार्यविधि पारित गरेको हो । कार्यविधिले संघको नाममा व्यक्तिगत रूपमा आर्थिक संकलन गर्न रोक लगाएको छ ।
नयाँ कार्यविधिअनुसार गैरआवासीय नेपाली संघका सदस्यले संघको केन्द्रीय अनलाइन प्रणालीमार्फत वा संघका राष्ट्रिय समितिको खातामा अनिवार्य आर्थिक सहयोग गर्नुपर्ने प्रावधान रहेको शर्माले बताए ।
आर्थिक पारदर्शिताका लागि राष्ट्रिय समिति र आइसीसी गरी दुई तहमा मात्र आर्थिक संकलन गर्न पाउने व्यवस्था गरिएको कोषाध्यक्ष तथा राहत कोष संकलन समितिका संयोजक महेशकुमार श्रेष्ठले जानकारी दिए । संकलित रकम कहाँ कसरी खर्च गर्ने विषयमा समेत कार्यविधिमा उल्लेख गरिएको छ । कार्यविधिले संक्रमणबाट बच्ने सुरक्षाका सामग्री, दैनिक जीविकोपार्जन गर्न लाग्ने खर्च, मृत्युवरण भएकोमा अन्त्यष्टि, विदेशमा अलपत्र परेकाहरूलाई नेपाल फर्काउन आदि शीर्षकमा सहयोग गर्न सकिनेसमेत प्रष्ट पारेको छ ।

संकलित रकम गैरआवासीय नेपाली संघको मानव तथा समाज कल्याण विभागको मातहतमा रहने व्यवस्था कार्यविधिमा छ । संघका राष्ट्रिय समितिले कोरोना भाइरस संक्रमितका लागि उठाएको आर्थिक सहयोगको हरहिसाब अनिवार्य रूपमा संघको सचिवालयमा जानकारी दिनुपर्ने कार्यविधिमा उल्लेख छ । आर्थिक संकलनका लागि क्षेत्रीयस्तरमा समिति गठन गर्न सकिने प्रावधान सो कार्यविधिमा राखिएको छ । तर त्यस्ता समितिले सीधै संघको अनलाइन प्रणालीमार्फत आर्थिक संकलन गर्न पाउने व्यवस्था छ । दाताहरूले निम्न दुई किमिसले यस राहतकोषमा रकम सहयोग गर्नसक्ने छन् । संघले सञ्चालन गरेको अनलाइन प्रणालीमार्फत क्रेडिट वा डेबिट कार्डबाट धधध।लचलब।यचनरमयलबतभ संघको नेपालमा रहको बैंक खातामा जम्मा गर्न सकिनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x