Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

पोखरामा बजार अनुगमन तीव्र

पोखरामा बजार अनुगमन तीव्र

कास्की, २८ चैत । लकडाउनको समयमा कृत्रिम अभाव र कालोबजारी हुने आशंकामा अनुगमन समितिले पोखराका बजारमा अनुगमनको काम तीव्र पारेको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न सरकारले घोषणा गरेको लकडाउनको समयमा बजारमा कृत्रिम अभाव र कालोबजारी हुन सक्ने भन्दै प्रदेश अनुगमन समितिले अनुगमन बढाएको हो ।
अनुगमन समितिले पोखराका मुख्य बजार क्षेत्रसँगै कास्की र तनहुँका समेत विभिन्न ठाउँमा बजार अनुगमन गरेको छ । समितिले प्रदेशका विभिन्न जिल्लामा रहेका घरेलु कार्यालयमार्फत सबै जिल्लामा निरन्तर बजार अनुगमन गरिरहेको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय गण्डकी प्रदेशका निर्देशक गोकुल शर्मा पौडेलले जानकारी दिए ।
बजारमा विक्रीका लागि राखिएका वस्तुहरूको गुणस्तर, मूल्य र वितरणलाई प्राथमिकता दिएर अनुगमन गरिएको निर्देशक पौडेलले बताए । उपभोक्तालाई दैनिक उपभोग्य वस्तु र कृषकको उत्पादन बजारसम्म ल्याउन सहज वातावरण बनाउन निर्देशनालय लागिपरेको उनको भनाइ छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x