Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

प्रदेश २ सरकारले किसानको ४ महिनाको ब्याज तिरिदिने

प्रदेश २ सरकारले किसानको ४ महिनाको ब्याज तिरिदिने

जनकपुर, २८ चैत । प्रदेश २ सरकारले किसानहरूको ४ महिनाको ब्याज प्रदेश २ सरकारले तिरिदिने निर्णय गरेको छ । शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना महामारीका सन्त्रासका कारण गरिएको लकडाउनले किसानहरू पीडित भएको भन्दै प्रदेश सरकारले किसानहरूले बैंक, वित्तीय संस्था वा सहकारीबाट लिएको ऋणको ४ महीनाको ब्याज तिरिदिने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को बैठकले कृषि फार्मका लागि किसानले ५ लाखसम्म लिएको ऋणमा अधिकतम १२ प्रतिशतसम्मको ४ महीनाको ब्याज प्रदेश सरकारले तिर्ने निर्णय गरेको छ ।

त्यसैगरी ५ लाखदेखि १५ लाखसम्मको ऋणमा १२ प्रतिशतसम्मको ब्याजदरमा ५० प्रतिशत, १५ लाखदेखि ३० लाखसम्मको ऋणमा ४० प्रतिशत र ३० लाखभन्दा बढीको ऋणमा कृषि सहकारी तथा भूमि व्यवस्था मन्त्रालयको सिफारिशमा मन्त्री परिषदले निर्णय गरे बमोजिम ब्याज तिरिदिने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादवले बताए । मन्त्री यादवका अनुसार दूध, फलफूल, तरकारी, कुखुरा तथा माछामा यसका अतिरिक्त समेत राहत उपलब्ध गराउने निर्णय प्रदेश सरकारले गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x