Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलको काम रोकियो

गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलको काम रोकियो

भैरहवा, २९ चैत । नदीजन्य निर्माण सामग्रीको अभाव भएपछि निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको काम रोकिएको छ । कोरोना प्रकोप रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण नदीजन्य पदार्थको आपूर्ति रोकिएपछि विमानस्थलको निर्माण प्रभावित भएको हो ।
उक्त आयोजनाका लागि निर्माण कम्पनीका प्रतिनिधि र बुटवल उपमहानगरपालिकाबीच तिनाउबाट बालुवा, गिट्टीलगायत नदीजन्य सामग्री ल्याउने सम्झौता भए पनि लकडाउनका कारण समस्या भएको विमानस्थल आयोजनाले बताएको छ । निर्माण कम्पनीले वैशाख र जेठभित्र नदीजन्य सामग्री निकाल्न नपाए विमानस्थल निर्माणको काम थप १ वर्ष लम्बिने अनुमान गरिएको छ ।
चिनियाँ निर्माण कम्पनी नर्थ वेस्ट सिभिल एभिएशनका अनुसार विमानस्थलको भौतिक निर्माण करीब १० प्रतिशत मात्र बाँकी छ । विमानस्थल सन् २०२० मार्च ३१ सम्म सम्पन्न हुनुपर्ने अन्तिम म्याद थियो । कम्पनीले सन् २०१४ डिसेम्बर ३१ मा रू. ६ अर्ब २२ करोड ५१ लाख रुपैयाँमा ग्लोबल टेन्डरमार्फत विमानस्थल निर्माणको जिम्मा पाएको थियो ।
विमानस्थलको धावन मार्ग, अन्तरराष्ट्रिय टर्मिनल भवन, ट्याक्सी वे, सीसीटीभी, रेस्क्यु एन्ड फायर फाइटिङ, कन्ट्रोल टावर, केही प्राविधिक उपकरण जडान र प्रशासनिक भवनलगायतको ९० प्रतिशत काम सम्पन्न भएको कार्य सम्पन्न भइसकेको आयोजनाले बताएको छ । आयोजना अब विमानस्थलको पेरिमिटरको सडक निर्माण, टर्मिनल र एप्रोनबीचको भाग ढलान र उपकरण जडान गर्न बाँकी रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x