डब्लुएचओले भन्योः लकडाउन हटाउँन हतार नगरौ
काठमाडौं, २९ चैत । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वभर जारी लकडाउन अहिले नै हटाए परिस्थिति झन् घातक हुन सक्ने चेतावनी दिएको छ। केही देशले आर्थिक प्रभावसँग संघर्ष गर्नुपरे पनि प्रतिबन्ध खुकुलो पार्दा सावधान हुनुपर्ने जनाएको हो ।
युरोपेली मुलुकमध्ये कोरोनाको संक्रमणबाट सर्वाधिक प्रभावित मुलुक स्पेन र इटालीले प्रतिबन्धहरूलाई केही सहज बनाएपनि लकडाउनलाई जारी नै राखेका छन् । हाल संसारभर १६ लाख बढी मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसबाट ज्यान गुमाउनेको संख्या १ लाख नाघिसकेको छ ।
जेनेभाको एक भिडिओ समाचार कन्फ्रेसनमा डब्लुएचओका महानिर्देशक डा. ट्रेडोस अडामोन गेब्रेससले केही युरोपियन मुलुकमा कोरोना भाइरसको संक्रमण स्वागतयोग्य रुपमा कम भइरहेको बताए। उनले विश्व संगठनको प्रतिबन्धहरु कम गर्न सरकारहरुसँग मिलेर गरिरहेको जानकारी दिए । छिटै ती प्रतिबन्धहरु फूकाउँदा घातक पुन:स्थान हुनसक्ने महानिर्देशक डा. ट्रेडोसको भनाई छ ।