Shangrila

विपद् व्यवस्थापन कोषमा सिद्धार्थ बैंकको १० लाख सहयोग

वीरेन्द्रनगर, २९ चैत । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि कर्णाली प्रदेश सरकारले स्थापना गरेको प्रदेश विपद् व्यवस्थापन कोषमा सिद्धार्थ बैंक लिमिटेड प्रदेश कर्णाली प्रदेश कार्यालयले रू. १० लाख सहयोग गरेको छ । शनिवार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई बैंकका प्रदेश प्रमुख रञ्जन कोइरालाले रू. १० लाखको चेक हस्तान्तरण गरेका हुन् । प्रदेश विपद् व्यवस्थापन कोषमा जम्मा हुनेगरी बैंकले उक्त सहयोग गरेको हो । विश्वमा महामारीको रूपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि प्रदेश सरकारको पहलमा साथ दिने द्देश्यले बैंकले रकम सहयोग गरेको बताइएको छ ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *